वीरगन्ज । स्रोत नखुलेको बीस लाख रकमसहित २ जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत विहार, पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० बस्ने संजित कुमार र अनुराग मिश्र रहेका छन्।
वीरगन्ज १६ रजतजयन्ती चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ यु ३५०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुबै जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
प्रहरीले मोटरसाइकल चालक संजितको साथबाट आफ्नो शरीरको विभिन्न भाग र हेल्मेटमा लुकाएर ल्याएको २० लाख स्रोत नखुलेको रकम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए।
संजितसँगै मोटर साइकलको पछाडि बस्ने अनुरागलाई पनि नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको खनालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने पाँच जना पक्राउ
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ