काठमाडौं । कैलाली, बारा, नवलपरासी (पश्चिम), मोरङ र सिरहाबाट प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टबाट बर्दिया राजापुर नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।
भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाराको महागढीमाई नगरपालिका–१ स्थितबाट करिब ११ केजी गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश कुमार बल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बरियारपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका–६ बड्सारेबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर समेत तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध नुरफिन १ सय एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन १ सय ९७ एम्पुल, नुरफिनको स्टिकर ९ सय १५ थान, मोबाईल ४ थान र १ थान पावर बैङ्क बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पारसनाथ गुप्ताको घरमा लागूऔषध प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ सिखर चोक बस्ने ३६ वर्षीय वीर बहादुर थापालाई २ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ