कास्की । मुख्यमन्त्री र मन्त्रीले आफ्ना बा–आमाको नाममा बजेट छुट्याएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सांकेतिक विरोध जनाएको छ ।
सोमबार पोखराको रत्नचोकस्थित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षामन्त्री मेखलाल श्रेष्ठको तस्बिर (मुकुण्डो)ं बनाएर आफ्नो अनुहारमा टाँसेर आन्दोलन सुरु गरेका हुन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रु १ संकलन अभियान सुरु गरिएको अनेरास्ववियुका गण्डकी प्रदेश सचिव आरके पोखरेलले जनाए ।
सरकारले आफ्नो परिवारको नाममा राज्यको कोषको दुरुपयोग गर्दै बजेट छुट्याएको पोखरेलले बताएका छन् । आन्दोलन सभालाई सम्बोधन गर्दै उनले उक्त बजेट फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । मन्त्रिपरिषद्बाट नै निर्णय गरेर उक्त निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग छ । आन्दोलनबाट संकलित रकम गण्डकी सरकारको बैंक खातामै दाखिला गरिदिने अनेरास्ववियुले जनाएको छ । दानपेटिकामा पैदलयात्रु, सवारी साधन रोकेर समेत दान उठाइएको थियो । ‘अहिले उक्त रकम फिर्ता गर्यो भनेर प्रचार गरेका छन् तर, हामीलाई क्याबिनेटकै निर्णय चाहिन्छ,’ उनले भने, ‘यस्ता कुरा बाहिर आएको विरोधलाई शान्त पार्न मात्र खोजिएको हो ।’
मुख्यमन्त्री पोखरेलका पिता गोबर्धन शर्मा पोखरेलको नामको ट्रष्टलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बा–आमाको नाममा स्थापित ट्रष्टलाई १ करोड, जनमोर्चाकी सांसद पियारी थापाको आफ्नो कोषलाई ६० लाख, माओवादीका सांसद विनोद केसीले १२ लाख, कांग्रेस नेता अर्जुन जोशीका पिताको नाममा २० लाख र कुश्मा नगरपालिकाकी पूर्वउपमेयर सीता काफ्ले लामिछानेका श्रीमानको नाममा २० लाख रुपैयाँ छुट्याएको थियो । आफन्तको नाममा करोडौं विनियोजन भएपछि अहिले चर्को आलोचना भइरहेको छ ।
राज्यको कोषमा सत्ता र सरकारको चरम दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भएपछि मुख्यमन्त्रीले ५० लाख रुपैयाँ प्रदेश सरकारको प्राथमिकताका योजनामा राख्ने बताएका छन् । यस्तै, शिक्षामन्त्री श्रेष्ठले पनि अन्य योजनामा रकम सार्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् भने कांग्रेस नेता जोशीले पनि उक्त बजेट नलिने घोषण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त