काठमाडौँ । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध भइरहेका विभिन्न दुष्प्रचार, धम्की तथा षड्यन्त्रपूर्ण गतिविधिहरूको घोर निन्दा गरेको छ।
संगठनका महासचिव मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गर्दै यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
लामो समयदेखि निर्भीक, खोजमूलक तथा जनपक्षीय पत्रकारिता गर्दै आएका श्रेष्ठ र उनी आबद्ध सञ्चारमाध्यमलाई लक्षित गरी नियोजित रूपमा प्रहार भइरहेको विज्ञप्तिमा उल्लेख छ। जनआस्था साप्ताहिकले रचनात्मक प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको र यसै कारण उनीविरुद्ध षड्यन्त्र बुनिएको प्रेस सेन्टरको ठहर छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ जेठ २०८३, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ