विद्यार्थी–अभिभावकमाथिको अतिरिक्त शुल्क खारेज गर : अखिल (क्रान्तिकारी) चितवन

सफल खबर संवाददाता

सोमबार, ११ जेठ २०८३, १८ : १०
विद्यार्थी–अभिभावकमाथिको अतिरिक्त शुल्क खारेज गर : अखिल (क्रान्तिकारी) चितवन

चितवन । अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनले निजी शैक्षिक संस्थाहरूले विभिन्न बहानामा अतिरिक्त शुल्क असुली गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले विद्यार्थी तथा अभिभावकमाथि आर्थिक भार थप्ने सम्पूर्ण अतिरिक्त शुल्क खारेज गर्न माग गर्दै १३ बुँदे शैक्षिक सुधार प्रस्ताव सार्वजनिक गरेको हो।

 

संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा यातायात तथा खाना शुल्क प्रयोगअनुसार मात्र लिनुपर्ने, “Maintenance Fee”, “Infrastructure Charge”, “Temperature Regulation Fee”, “Welcome/Farewell Charge” लगायतका अतिरिक्त शुल्क खारेज गर्नुपर्ने माग गरिएको छ।

 

त्यसैगरी प्रवेश परीक्षा शुल्क, वार्षिक भर्ना शुल्क, युनिफर्म तथा पुस्तकमा गरिएको सिन्डिकेट अन्त्य गर्नुपर्ने, छात्रवृत्ति वितरण प्रणाली पारदर्शी बनाउनुपर्ने तथा विद्यालय बसमा निर्धारित सङ्ख्याभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ।

 

विद्यालय क्यान्टिनको नियमित गुणस्तर परीक्षण, विद्यार्थीको फोटो प्रचार सामग्रीमा प्रयोग गर्दा अनुमति तथा पारिश्रमिकको व्यवस्था, “Startup Cell” निर्माण, “Bookless Day” सञ्चालन, सवारी साधनमा GPS Tracking System र CC Camera जडान तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने माग पनि विज्ञप्तिमा समेटिएको छ।

 

मागहरू तत्काल सम्बोधन नगरिए सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिँदै संगठनले त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित शैक्षिक संस्थाहरू स्वयंले लिनुपर्ने जनाएको छ।

 

विज्ञप्तिमा अध्यक्ष शुशिल कार्की ‘अब्दुल’ ले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस