एमालेनिकट युवा संघले गर्यो यातायात कार्यालय घेराउ

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १६ : ४६
एमालेनिकट युवा संघले गर्यो यातायात कार्यालय घेराउ

काठमाडौं । एमालेनिकट युवा संघ नेपालले विचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ । 

सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही, ढिलासुस्ती र विचौलियाको खेल बन्द गर्नुपर्ने माग गर्दै युवा संघले सोमबार कार्यालय घेराउ गरेको हो । 

कार्यालयमा रहेका विचौलियाले सेवाग्राहीलाई दुःख दिएको, लाइसेन्स वितरणमा ढिलासुस्ती जस्ता लापरबाहीको अन्त्यको माग राखेर संघले कार्यालयमा धर्नासहित ध्यानाकर्षण गरेको हो । साथै कार्यालय प्रमुखलाई मागसहितको ज्ञापनपत्र पनि संघले बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस