युवा संघले भोलि र्‍याली निकाल्न नपाउने

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०८२, १४ : ५८
युवा संघले भोलि र्‍याली निकाल्न नपाउने

काठमाडौं । नेकपा एमालेनिकटको युवा संघले शनिबार र्‍याली गर्ने तयारीबीच प्रशासनले र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ ।

राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्‍याली आयोजना गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस