काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई संघको अध्यक्ष चयन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
संघको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रहेका छन् । अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा संघले भोलि र्याली निकाल्न नपाउने
ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने युवा संघको चेतावनी
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते