अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १४ : ५८
अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध

काठमाडाैँ । सूदुरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन् । बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफल नै अघि नबढाउने उनीहरूको चेतावनी छ ।

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रूपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रौकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् ।

सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरोध गर्दै आएका छन् ।बजेटमाथि छलफल गर्ने गरी आज बिहान ८ बजेका लागि संसद् बेलाइएको थियो । तर, सत्तारुढ दलहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ । अहिले ३ बजेका लागि फेरी संसद् बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस