युवा संघ नेपालले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १४ : ५३
युवा संघ नेपालले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ

काठमाडाैँ । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ।

सोमबार संघले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो।कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्णरूपमा नचल्ने साइट बनाएको आरोप लगाए।

उनले साइट नचल्दा पुनः नागरिकहरू विचौलियाकोमा पुगिरहेको दाबी गरे। अध्यक्ष पौडेलले अनलाइन फारम नाम मात्रैको भएको भन्दै यसलाई व्यवस्थ्ति गर्न कार्यालयको ध्यानाकर्षण गराए।उनले कर्मचारी र विचौलियालाई पैसा खुवाएर लाइसेनको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने पनि बताए।युवा संघका प्रदर्शनकारीले ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर् लगायतका ब्यानर र नारा लागएर बिरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस