ठेक्कापट्टा गर्ने आफ्ना कर्मचारीलाई सडक डिभिजनले सोध्यो स्पष्टीकरण

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १४ : २७
ठेक्कापट्टा गर्ने आफ्ना कर्मचारीलाई सडक डिभिजनले सोध्यो स्पष्टीकरण

काठमाडाैँ । सडक डिभिजन कार्यालय बैतडीमा जागिर खाने एक कर्मचारी बझाङमा ठेक्कापट्टा गरेको विषयमा समाचार प्रकाशन भएपछि उनलाई स्पष्टीकरण सोधिएको छ । विधि विधान, नियम, कानुनको ठाडो उलङ्घन गर्दै पेटी ठेकेदार बनेका सडक डिभिजन कार्यालयका कर्मचारी नरेन्द्र जोशीलाई सडक डिभिजन कार्यालय बैतडीले स्पष्टीकरण सोधेको हो ।

सडक डिभिजन कार्यालय बैतडीका सिनियर डिभिजन इन्जिनियर रमेश चौधरीले फरकधारसँग कुरा गर्दै जोशीलाई स्पष्टीकरण सोधिएको बताए । कर्मचारी जोशीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको सिनियर डिभिजन इन्जिनियर चौधरीले बताए । उनले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौँ । उनलाई स्पष्टीकरण दिनका लागि ७ दिनको समय दिएका छौँ । उनको जवाफ कस्तो आउँछ सोही अनुसार अगाडि बढ्छौँ ।’ 

छबिसपाथिभेरा गाउँपालिकाले झण्डै १२ करोडमा अस्पताल भवन निर्माण गरीरहेको छ । उक्त अस्पताल निर्माण गर्ने ठेक्का जागृति निर्माण सेवाले पाएको छ । जागृति निर्माण सेवाले निर्माण गरिरहेको अस्पतालको पेटी ठेकेदार सडक डिभिजन कार्यालय बैतडीका सुपरभाइजर नरेन्द्र जोशी बनेका छन् । 

प्रतिक्रिया दिनुहोस