डेम्बेले बार्सिलोनासँग सम्झौता नवीकरण गर्न तयार

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १४ : २०
डेम्बेले बार्सिलोनासँग सम्झौता नवीकरण गर्न तयार

काठमाडाैँ । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड ओसुमाने डेम्बेले क्लबसँगको सम्झौता नवीकरण तयार भएका छन् । 

सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट क्याम्प नोउ पुगेका २५ वर्षीय फ्रेन्च फरवार्ड डेम्बेलेको सम्झौता समाप्त भइसकेको छ । सम्झौता सकिएसँगै बार्सिलोना छाड्ने चर्चा चलेका उनको नामा इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिखको जोडिएको थियो । तर, बार्सिलोनासँग सम्झौता नवीकरण गर्नका लागि डेम्बेले तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

बार्सिलोनाबाट १५१ खेलमा ३२ गोल गरेका छन् । क्लबले त्यति बेला उनलाई अनुबन्ध गर्न १०५ मिलियन युरो खर्चिएको थियो । नेयमारको बहिर्गमनसँगै स्पेनिस क्लब पुगेका डेम्बेलेलाई ब्राजिलियन फरवार्डको विकल्पका रूपमा हेरिएको थियो । तर, चोटले सताएका डेम्बेलेले त्यो अपेक्षा पूरा गर्न भने सकेनन् । 

प्रतिक्रिया दिनुहोस