काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आज यस्तो टिप्पणी गरेका हुन । उनले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबै भन्दा ठूलो गल्ती गरेको उल्लेख गरे।
४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भुसालको आरोप छ । अर्को पार्टी बनाएर कम्युनिस्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल