परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले लगायो त्रिवि डिन कार्यालयमा ताला

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, ११ : ०२
परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले लगायो त्रिवि डिन कार्यालयमा ताला

काठमाडाैँ । नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएका छन् । काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाइ सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला लगाएका हुन् । 

उनीहरूले व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको पनि राजीनामा मागेका छन् । २२ असारमा बिबिए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ः अर्गनाइजेसन बिहेव्यर’ को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डिनको राजीनामा मागेको हो । 

यसअघि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्रिविका परीक्षामा लापरबाही देखिएकोले पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस