काठमाडाैँ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन्।भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै आज दिउँसो १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्।
कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन्। ‘भातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने माग सहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन्। उनका अनुसार नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १० : ५७
लेखकबाट थप