काठमाडौं । एमाले नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको आलोचना गरेका छन् ।
विगतमा ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने माधव नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशको सहारा लिएको आरोप लगाएका छन् ।
नेपालमा दोहोरो नीति देखिएको भन्दै उनले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको उल्लेख
‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए, भुसालले सामाजिक सञ्जालमा भनेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।’
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ असार २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल