प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती पक्राउ

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, २० : ३५
प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती पक्राउ

चितवन ।  चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ। झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि  पौडेललाई असार १८ गते प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै गैँडाकोटकी २६ वर्षीय पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय विवाहित पुरुषसँग पटकपटक गरेर २६ लाख ४५ हजार ७०० रुपैँया लिएकी थिइन् । फेसबुकमा भएको निरन्तरको कुराकानी, गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गए । आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले । तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् । आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि पुरुष ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए । अहिले चितवन प्रहरीले ती युवतीमाथि ठगीको अभियोगमा मुद्दा चलाएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए ।

वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले जानकारी दिए । ती युवतीले विभिन्न बहाना गर्दै घरमा दुःख भएको कारण पैसा चाहिएको बताउने गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस