काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावमा अन्तर्घात भएको कुरा व्यापक रूपमा उठेपछि सो समिति गठन गरेको जानकारी दिएका हुन् ।
त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन