बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १५ : १३
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–१४ घर भई नागार्जुन बस्ने ५६ वर्षीय विष्णु प्रसाद गैरे छन् ।

७ लाख ४० हजार बिगो भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ जेठ २७ मा पक्राउ पुर्जी जारी गरेको थियो । असार २३ मा उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ  । आरोपीमाथि थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस