काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप खाँडादेवी गाउँपालिका-२ हाल काठमाडौँ महानगरपालिका-१४ कलंकीमा बस्दै आएको ४७ वर्षीय खड्ग बहादुर कार्कीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौँको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका थिए । हाल उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १३ : ३९
लेखकबाट थप