काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने बताएका छन् ।
प्रतिनिधिसभाले १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी पास गरेको थियो । तर नारायणकाजी श्रेष्ठ समूहका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसबेला स्थानीय चुनावपछि पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्म लैजाने सहमति भएको थियो । त्यतिबेला २० जेठमा केन्द्रीय समिति बैठकको मिति समेत तोकिएको थियो ।
तर पटक पटक मिति सर्दै बैठक १९ असारमा सुरु भयो । तर यो बैठकमा एमसीसी एजेण्डामै परेन । बिहीबार यही बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीबारे संघ र प्रदेशको निर्वाचनपछि विशेष बहस गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन