काठमाडौं । चौतर्फी रूपमा राजीनामा मागिएपछि नैतिक संकटमा परेका अर्थमन्त्री जनार्दन शर्माले आजको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।
मन्त्री शर्माले उत्पन्न पछिल्लो परिस्थिति र राजीनामाको मागबारे आफ्ना कुरा राख्ने उनका प्रेस संयोजक अजित अधिकारीले जानकारी दिए । संसद बैठक बिहान ११ बजे बस्दैछ ।
बजेट घोषणाअघि अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको र उक्त दिनको सीसीटीभी फुटेज समेत मेटाइएको विषयपछि उनको राजीनामाको माग चर्को गरी उठेको छ ।
प्रेस संयोजक अधिकारीका अनुसार मन्त्री शर्माले प्रतिनिधसभाको बैठकका साथै पार्टीको केन्द्रीय समिति बैठकमा पनि यसबारे आफ्ना कुरा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नउठाउने, खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ: अर्थमन्त्री वाग्ले
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ