कोरोना अपडेट : थप ९० जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १६ : १५
कोरोना अपडेट : थप ९० जनामा संक्रमण पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।