एजेन्सी । चन्द्रमाको जमिन कब्जा गर्न खोजेको अमेरिकाको आरोप चीनले खारेज गरेको छ । अमेरिकी स्पेस एजेन्सी प्रमुखले चन्द्रमाको जमिन कब्जा गर्न चीनले सैन्य रणनीति अपनाइरहेको आरोप लगाएका थिए ।
नासाका एडमिनिस्ट्रेटर बिल नेलसनले एक जर्मन पत्रिकालाई अन्तर्वार्ता दिँदै ‘यो चिन्ताको विषय छ कि चीनले चन्द्रमाको जमिन कब्जा गर्न सैन्य रणनीति अपनाइरहेको छ’, भनेका थिए ।
उनले चन्द्रमाबाट टाढै रहन पनि चीनलाई चेतावनी दिएको विवरण समाचारमा उल्लेख गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तरिक्ष महाशक्ति बन्नका लागि चीनले यस्तो हर्कत गरिरहेको आरोप उनले लगाएका थिए ।
यसप्रति चीनले पनि कडा जवाफ फर्काएसँगै अब चीन र अमेरिकाबीच अन्तरिक्ष द्वन्द्व पनि सुरु भएको ठानिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनलाई बदनाम गर्न अमेरिकाले यस्ता आरोपहरू लगाइरहेको बताए । उनले जथाभावी नबोल्न पनि अमेरिकी अधिकारीहरूलाई चेतावनी दिए ।
‘अमेरिकाले जे मुखमा आयो त्यही बोलिरहेको छ । यो चीनलाई बदनाम गर्ने प्रयास हो । केही अमेरिकी अधिकारी तथ्यहरू तोडमरोड गरिरहेका छन् । चीन यस प्रकारका गैरजिम्मेवार टिप्पणीको विरोध गर्छ’, उनले भने । चीनले सन २०१३ मा पहिलोपटक चन्द्रमामा मानवरहित यान उतारेको थियो । २०३० सम्म मानव मिशनलाई चन्द्रमामा उतार्ने उसको भावी योजना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’