एजेन्सी । चन्द्रमाको जमिन कब्जा गर्न खोजेको अमेरिकाको आरोप चीनले खारेज गरेको छ । अमेरिकी स्पेस एजेन्सी प्रमुखले चन्द्रमाको जमिन कब्जा गर्न चीनले सैन्य रणनीति अपनाइरहेको आरोप लगाएका थिए ।
नासाका एडमिनिस्ट्रेटर बिल नेलसनले एक जर्मन पत्रिकालाई अन्तर्वार्ता दिँदै ‘यो चिन्ताको विषय छ कि चीनले चन्द्रमाको जमिन कब्जा गर्न सैन्य रणनीति अपनाइरहेको छ’, भनेका थिए ।
उनले चन्द्रमाबाट टाढै रहन पनि चीनलाई चेतावनी दिएको विवरण समाचारमा उल्लेख गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तरिक्ष महाशक्ति बन्नका लागि चीनले यस्तो हर्कत गरिरहेको आरोप उनले लगाएका थिए ।
यसप्रति चीनले पनि कडा जवाफ फर्काएसँगै अब चीन र अमेरिकाबीच अन्तरिक्ष द्वन्द्व पनि सुरु भएको ठानिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनलाई बदनाम गर्न अमेरिकाले यस्ता आरोपहरू लगाइरहेको बताए । उनले जथाभावी नबोल्न पनि अमेरिकी अधिकारीहरूलाई चेतावनी दिए ।
‘अमेरिकाले जे मुखमा आयो त्यही बोलिरहेको छ । यो चीनलाई बदनाम गर्ने प्रयास हो । केही अमेरिकी अधिकारी तथ्यहरू तोडमरोड गरिरहेका छन् । चीन यस प्रकारका गैरजिम्मेवार टिप्पणीको विरोध गर्छ’, उनले भने । चीनले सन २०१३ मा पहिलोपटक चन्द्रमामा मानवरहित यान उतारेको थियो । २०३० सम्म मानव मिशनलाई चन्द्रमामा उतार्ने उसको भावी योजना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल