काठमाडौं । मेहनत गरे के हुन्न ? स्वदेश होस वा विदेश, मिहिनेत, लगनशिल र आइडिया लगाएर कार्य गर्ने हो भने सफलता अवश्य नै हासिल हुन्छ भन्ने उदाहरण बन्न सफल भएका छन्–चितवनका एक युवा सम्भव थपलिया ।
उच्च शिक्षाका लागि अमेरिका पुगेका थपलियाले स्थापना गरेको ‘जेबेक’ कम्पनी त्यसकै उदारहण हो । उनको कम्पनीको यतिबेला बजार मूल्य ६० मिलियन अमेरिकी डलर पुगेको छ । अमेरिका पुगेर स्टार्टअपकारूपमा सुरू गरिएको ‘जेबेक’को बजार मूल्य ६० मिलियन डलर अर्थात ७ अर्ब रुपैयाँ पुगेको हो ।
‘जेबेक’ अन्य कम्पनीहरूसँग साझेदारी गरेर ती कम्पनीका कर्मचारीलाई ‘रियलटाइम’ तलब दिने नवप्रवर्तनात्मक कम्पनी हो । ‘अमेरिकामा सरसापट चल्दैन । पैसा चाहिएपछि महँगो ब्याजमा ऋण लिनुको विकल्प हुँदैन,’ उनले भने, ‘यसको समाधान नै जेबेक हो ।’ अर्थात जेबेक कम्पनीले टाइहप गरेका कम्पनीका कर्मचारीले प्रत्येक मिनेट, घन्टा र दिनमा आफ्नो तलब पाउँछन् ।
यसले ती कम्पनीका कर्मचारीले महँगो ब्याज तिरेर ऋण लिनु नपर्ने सम्भवको भनाइ छ । फलस्वरूप कम्पनीले छोटो अवधिमै प्रगती गर्न थालेको छ । २३ वर्षका सम्भवले अमेरिकासहित अन्य देशमा पनि सेवा दिन थालेको जानकारी दिएका छन् । न्यू टू द स्ट्रिट टीभीमा अन्तरवार्ता दिँदै सम्भवले आफ्नो कम्पनीमा ७ हजार जना सेवाग्राहीकारूपमा जोडिइसकेको बताएका छन् ।
यस्तै, यही वर्ष सन् २०२२ भित्रमा १ लाख ग्राहक बनाउने उनको योजना छ । तेस्रो कम्पनीकारूपमा सुरू भएको जेबेक नवप्रवर्तनात्मक कम्पनी भएकाले निरन्तर प्रगती गरिरहेको उनले बताए । ‘नेपालमा पहिलो कम्पनी खोलेको थिए । जसमा आफ्नो सारा पैसा सकाए,’ उनले भने, ‘अमेरिका पढ्न आएपछि आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कम्पनी खोले । जसबाट कम्पनी चलाउने ज्ञान पाए । अहिले जेबेकमा त्यही ज्ञानले काम गर्दैछ ।’
अमेरिकामा नेपालमा जस्तो साथिभाई छरछिमेकमा सापट चल्दैन । त्यसैले यँहा दैनिक सामाग्री किन्न ऋण लिनुपर्छ । तलब दैनिकरूपमा नआउँदा ऋण लिएर अत्यावश्यक वस्तु किन्नुपर्छ । जसको ब्याज महँगो पर्छ । तर, जेबेकले सहकार्य गरेका कम्पनीका कर्मचारीको बैंक खातामा प्रत्येक सेकेण्ड र प्रत्येक मिनेट तलब जम्मा हुन्छ । जसले गर्दा अमेरिकामा यसको लोकप्रियता बढेको सम्भवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाका पूर्व विदेशमन्त्री किसिन्जरको मृत्यु
ऊर्जा सङ्कटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो
परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान
अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरकी डलरको सैन्य सहायताको घोषणा
इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन
युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका