एजेन्सी । अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ भने कम्तीमा कम्तीमा २४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बालबालिका पनि रहेका छन्।
एक बन्दुकधारीले जुलाई ४ को उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट गोली चलाएका थिए। गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।
प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। २२ वर्षीय रोबर्ट क्रिमोलाई कस्टडीमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
बन्दुक हिंसा अभिलेख वेबसाइटको अनुसार अमेरिकामा बर्सेनि गोलीबारीका कारण करिब ४० हजारको मृत्यु हुन्छ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ असार २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु