काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुत्र स्व. प्रकाश दाहालको शालिक अनावरण गरेकोप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले प्रचण्ड परिवारवादमा फसेको संकेत गरेका छन् । बाँस्कोटाले लेखेका छन्, ‘कोरियाली युद्धमा माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन् । नरुनु त्यसरी पीर पर्दछ । फेरि आफ्नो परिवारको योगदान अवमूल्यन भएकोमा सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला ? वंशवाद पराजित गरेर आएको नेतालाई हेप्न मिल्दैन । प्रतिक्रियावादी हर्कत बन्द गर ।’
प्रचण्डले छोराको शालिक अनावरण गरेकोप्रति सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा