काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुत्र स्व. प्रकाश दाहालको शालिक अनावरण गरेकोप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले प्रचण्ड परिवारवादमा फसेको संकेत गरेका छन् । बाँस्कोटाले लेखेका छन्, ‘कोरियाली युद्धमा माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन् । नरुनु त्यसरी पीर पर्दछ । फेरि आफ्नो परिवारको योगदान अवमूल्यन भएकोमा सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला ? वंशवाद पराजित गरेर आएको नेतालाई हेप्न मिल्दैन । प्रतिक्रियावादी हर्कत बन्द गर ।’
प्रचण्डले छोराको शालिक अनावरण गरेकोप्रति सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा