काठमाडौं । अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ । जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ ।
पहिलो टेस्टको तेस्रो दिन घरेलु टोलीको दोस्रो इनिङ ११३ रनमा सीमित भएपछि अस्ट्रेलियाले जितका लागि मात्र १० रनको लक्ष्य पाएको थियो । जुन अस्ट्रेलियाले मात्र चार बलमा पूरा गर्याे । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले चार बलमा एक चौका र एक छक्का मद्दतमा अविजित १० रन जोडे ।
यसअघि ३१३-८ बाट तेस्रो दिनको खेल सुरुवात गरेको अस्ट्रेलियाले थप आठ रन जोड्दा बाँकी दुई विकेट गुमाएको थियो ।अस्ट्रेलियाले पहिलो इनिङमा श्रीलंकामाथि १०९ रनको अग्रता लिएको थियो । श्रीलंका पहिलो इनिङमा २१२ रनमा अलआउट भएको थियो ।
शुक्रबार दोस्रो इनिङको सुरुआत गरेको श्रीलंका मात्र ११३ रनमा सीमित भयो । ट्राभिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि श्रीलंका सस्तोमा समेटिएको थियो ।
श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले २३ तथा ओपनर पाथुम निसंकाले १४ रन जोडे । करुणारत्ने र निसंकाले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । त्यसपछि भने श्रीलंकाका कुनै पनि ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । श्रीलंकाले थप ७९ रन जोड्दा बाँकी नौ विकेट गुमाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि