काठमाडौ । सरकारले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदमा पाँच जनालाई नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार 'नेपाल वायुसेवा निगम ऐन, २०१९' को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य नियुक्तिका लागि गत वैशाख १२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त पदका लागि २७ जनाले रितपूर्वक आवेदन दिएका थिए ।
आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्ययोजनाको परीक्षण, प्रस्तुतिकरण र अन्तर्वार्ता लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी छनौट समितिले सिफारिस गरेका आधारमा मन्त्रीस्तरबाट वैशाख ३१ गते नियुक्तिको निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।
नियुक्त हुने सदस्यहरूमा डा. दिपक प्रसाद बास्तोला (पोखरा- ३०, कास्की), प्रविन भट्टराई (भरतपुर- २, चितवन), महेश्वर भक्त श्रेष्ठ (ललितपुर- १३, ललितपुर), रुपा लामिछाने (गोकर्णेश्वर- १, काठमाडौँ) र लिलाराज ढकाल (आँधीखोला- ६, स्याङ्जा) रहेका छन् ।
मन्त्रालयले नियुक्त भएका सबै उम्मेदवारहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नियुक्ति पत्र बुझ्न र कार्यभार सम्हाल्नका लागि मन्त्रालयमा उपस्थित हुन सूचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ जेठ २०८३, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द