काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।
बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क