जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।
असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ । केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।
१ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९र८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा