जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।
असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ । केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।
१ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९र८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’
मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन
रास्वपा मधेश प्रदेश संस्थापक सभापति शर्मा काँग्रेसमा प्रवेश
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा