परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, १५ : ११
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’

जनकपुरधाम । मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ परिमार्जन गरेको छ । त्यसलाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रममा परिणत गरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले अब ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी समृद्ध मधेश’ नारा कायम गरी कार्यक्रम सन्चालन गरिने जानकारी दिए ।

मधेश प्रदेशको पहिलो सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ ल्याएको थियो । एक समय यो मधेश प्रदेश सरकारको सबैभन्दा लोकप्रिय थियो । यस कार्यक्रमअन्तर्गत साइकल वितरण, छोरी बिमा, लोकसेवा तयारी कक्षाजस्ता कार्यक्रम राष्ट्रियस्तरमै चर्चित बनेका थिए । तत्कालीन प्रदेश सरकारले यसलाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस