काठमाडौं । दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ ।
सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौ/नौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी वर्षका लागि श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि गर्ने भएको हो । यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।
वार्ताको क्रममा, श्रमिकका पक्षधरले यस वर्षको ९,१६० वोनबाट उल्लेखनीय वृद्धि गर्न आह्वान गरेको थियो । श्रमिक पक्षधरले अघिल्लो मुन जे-इन प्रशासनले घोषणा गरेको न्यूनतम घन्टाको ज्याला १० हजार वनमा पु-याउने वाचा पूरा गर्न माग गरेको थियो ।
नयाँ ज्याला १ जनवरी २०२३ देखि लागू हुनेछ । पूर्व मुन जे इन प्रशासनअन्तर्गत न्यूनतम पारिश्रमिक २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ र २०२१ मा सबैभन्दा कम १.५ प्रतिशत र २०२२ मा ५.१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ असार २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु