वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १६ : २६
वर्ल्डलिङ्कले नयाँ १० जीबीपीएस प्रविधिमा फाईवर टु होम नेटवर्क अपग्रेड गर्दै

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः  एक्सजीएसमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएसमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी भएको जनाइएको छ । 

यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि  सेवाप्रदायकहरुले  डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै  दिने  अवस्था थियो ।  विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्‍क तथा १। २५ जीबीपीएस अपलिङ्क असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन  । तर अब एक्सजीएस ( पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ । इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाईवर पूर्वाधार (प्यासिभ  इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाईवर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटर  मा जोडिएको हुन्छ । 

जीपोनको तुलनामा नयाँ  १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी रहेको जनाइएको छ । जुन  साथै पोन नेटवर्क लेटेन्सीमा  पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ । सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ, कम्पनीले भनेको छ ,साथै विद्यमान जीपोनको तुलनामा  एक्सजीएस(पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ,। निकट भबिस्य एक्सजीएस ( पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जी पोनको लागि पनि आफ्नो पुर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ । 

यसबाट अब भविष्यमा भन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने कम्पनीले जनाएको छ। कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर , भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बढी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ ।
 

प्रतिक्रिया दिनुहोस