काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन् । आइतबार आयोजित गैर आवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन् ।
उनले एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाइ छ । उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए ।
उनले भने, ‘नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरूले कायम गर्नुभएको थियो । पछिल्ला वर्षहरुमा त्यो खस्किँदै गयो । त्यो किन खस्कियो भन्दाखेरी एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरु राजनीतिक दलका गुट र नेता भए । फलानो राजनीतिक दलका एनआरएन, फलानो राजनीतिक दलका एनआरएन भयो । तपाईंहरू चोइटिनु भयो, तपाईंहरूको गरिमा नै स्खलित हुँदै गयो । अब एउटा ठुलो अवसर आएको छ । पार्टीको एनआरएन नबनाइदिनुहोला । एनआरएनएलाई समग्र गैर आवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टी भन्दामाथि तपाईंहरु उठ्दिनुभयो भने त्यो सम्भव छ ।
उनले गैर आवासीय नेपालीलाई मतदानको व्यवस्था, गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भीर रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल भन्छन् : नयाँ दिन, नयाँ सुरुवात! गन्तव्य तय हुँदै छ
सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?