काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन् ।
उनले सो विधेयकको सम्बन्धमा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए । उनले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने उल्लेख गरे ।
उनले भने, ‘नागरिकता सम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधि सभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ । र त्यसलाई पनि एउटा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ । एकीकृत समाजिक सुरक्षा ऐन बनाउँ भन्नुभएको छ । त्यसका लागि केही समय पनि लाग्छ ।’
उनले भने, ‘यसका लागि थप गृहकार्य पनि गर्नुपर्ने छ । आउने दिनमा गृह मन्त्रालयले, सरकारले यसका सन्दर्भमा गृहकार्य पनि गर्नेछ र सुरक्षाको छाताभित्र जति राज्यले, राज्यका अवयवहरुले सामाजिक उत्तरदायित्व बहन गरेको छ र हाम्रो मौलिक अधिकारले पनि त्यसलाई निर्दिष्ट गरेको छ । ति सबै कुराहरुलाई हामीले सम्पादन गर्नैपर्दछ । राज्यले दायित्व लिनैपर्दछ ।’
गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए । त्यस्तै उनले संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताए । उनले संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
मध्यरात बालुवाटारको सडकमा सुदन गुरुङको अर्काे लफडा, आमेप्रकाश अर्याललाई गृहमन्त्री बनाएको भन्दै सुशीला कार्कीकै राजीनामा माग
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो