बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १९ : १०
बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बुढीगण्डकीको लगेको प्रस्ताव पारित भएसँगै आयोजना बनाउन कम्पनी खोल्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को निर्णयसँगै अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण सहितको सेयर राखेर आयोजना बनाउन लागिएको छ ।सुरुमा बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवाले बनाउने भनिएको थियो तर सम्भव भएको थिएन । अहिले आएर सरकार आफै आयोजना बनाउन अघि सरेको छ ।

प्रतिक्रिया दिनुहोस