डुबानमा जनकपुर नगर

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १५ : ४६
डुबानमा जनकपुर नगर

काठमाडौं । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घरमा पानी पसेको छ।सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नगरभित्रका अधिकांश घर तथा सरकारी कार्यालय डुबानमा परेका छन्।

हरेक वर्ष यसैगरी आफ्नो घर डुबानमा पर्ने गरेको र यसअघि समस्या लिएर गए पनि कुनै सुनुवाइ नगरिएको उपमेयर साहले गुनासो गरे।पानी पसेपछि परिवारका सदस्यहरू प्रभावित भएका छन्।निरन्तरको वर्षाका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत जलमग्न भएको र कार्यालयको मुख्यद्वारसहित प्राङ्गणमा करिब १ फिटसम्म पानी जमेको छ।

प्रतिक्रिया दिनुहोस