काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।
डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए। आपलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन्।
महानगरवासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन् । केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ असार २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने