काठमाडौ । निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई बधाई दिएकी छन् । यसअघि पार्टीको निर्णयअनुसार पद छाड्न नमानेको भन्दै झाँक्रीलगायतका पार्टीका मन्त्रीहरुको आलोचना भएको थियो ।
पार्टीको निर्णय लागू नै हुने भएपछि आइतबार झाँक्री पत्रकार सम्मेलनमा रोएको विषय थप चर्चाको विषय बनेको थियो । यहीबीचमा सोमबार उनले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन् ।
‘नवनियुक्त पर्यटन मन्त्री माननीय जीवन राम श्रेष्ठ, स्वास्थ्यमन्त्री माननीय भवामी खापुङ, श्रम मन्त्री माननीय शेर बहादुर कुँवर, शहरी विकास मन्त्री माननीय मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री माननीय हिरा चन्द्र केसीलाई हार्दिक हार्दिक बधाई तथा सफल र प्रभावकारी कार्यकालको शुभकामना’, उनले ट्वीटरमा भनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ : रामकुमारी झाँक्री
सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
अर्ली महाधिवेशनबाट अध्यक्ष फेरौँ, सिनो काँधमा बोकेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री