कैलाली । कैलालीको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीसँग लिफ्ट माग्ने बहाना बनाइ बाँधेर कुटपिट गरि गाडी लुटेर लग्ने तीन जना भारतीयलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० ववर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।तीनै जनालाई गोदावरी नगरपालिका–१ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्नु अघि प्रहरीले बेवारिसे अवस्थामा उनीहरु पक्राउ परेको नजिकै ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।
फोटो खिच्ने बाहानामा भण्डारीलाई कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फालिएको थियो । र, मोबाइल र पैसासहित कार लुटेर भारतीय लुटेरा भागेका थिए । हाल भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ