काठमाडौँ । विनियोजन विधेयक संघीय संसद्, राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयकमा सांसदहरूले छलफल गरेका थिए । मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लगाउँदै एमालेले संसद् बैठक बहिस्कार गरेको हो । एमालेले अर्थमन्त्री रोष्ट्रममा पुग्दा बैठक बहिस्कार गरेको हो ।
प्रतिनिधिसभाले असार २ गते विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान