काठमाडौँ । विनियोजन विधेयक संघीय संसद्, राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयकमा सांसदहरूले छलफल गरेका थिए । मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लगाउँदै एमालेले संसद् बैठक बहिस्कार गरेको हो । एमालेले अर्थमन्त्री रोष्ट्रममा पुग्दा बैठक बहिस्कार गरेको हो ।
प्रतिनिधिसभाले असार २ गते विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन