काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायाले २०८० साल कात्तिकमा गएको भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुम पश्चिमको ग्रामीण बस्तीहरूमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए । उनले तत्काल आवास निर्माण प्रक्रियालाई गति दिन माग गरे।
यस्तै, सांसद घनश्याम रिजालले इन्धनको मूल्यवृद्धिका कारण विकास निर्माण प्रभावित भएकाले तत्काल मूल्य समायोजन गरी सहज वातावरण बनाउन माग गरे ।
सांसद पदमबहादुर परियारले न्यून दृष्टियुक्त व्यक्तिको माग सम्बोधन गरी पुन:स्थापनाको कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद विष्णुदेवी पुडासैनीले आम नागरिक प्रभावित हुने गरी शिक्षा र स्वास्थ्यमा कर लगाउन नहुने धारणा राखे ।
सुकुम्वासीको उचित प्रबन्ध गर्न माग
सांसद रेणु चन्दले सुकुम्वासी समुदायको उचित प्रबन्ध गर्न र मानव अधिकारको सम्मान गर्न आग्रह गरिन् । सांसद विष्णुकुमारी सापकोटाले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई बाहिर पठाउने सरकारको कार्य गलत भएको टिप्पणी गरिन् ।
सांसद विष्णुबहादुर विश्वकर्माले सुकुम्वासी समुदायको उचित प्रबन्ध गर्न र उनीहरूलाई संवैधानिक हक अनुसार बसोबासको प्रबन्ध गर्न माग गरे । सांसद श्रीकृष्ण अधिकारीले सुकुम्वासीलाई आफ्नो बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिसकेपछि उचित प्रबन्ध बिना तत्काल अन्यत्र जाँउ भन्ने सरकारको शैली राम्रो नभएको तर्क गरे । सांसद सावित्री मल्लले पनि सुकुम्वासीलाई मानवोचित व्यवहार गर्न र उनीहरूको मानवअधिकारको सम्बोधन गर्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै