भक्तपुरमा टिपर र मोटरसाईकल ठोक्किदा २ युवाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ असार २०७९, ०८ : ३५
भक्तपुरमा टिपर र मोटरसाईकल ठोक्किदा २ युवाको मृत्यु

काठमाडौँ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ आर्दशचोक नजिकै गएराती मोटरसाइकल र टिपर ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई पुरुष रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

अन्दाजी २० वर्षका दुवै घाइतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ।

सूर्यविनायकबाट जगातीतर्फ छुटेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर गएराती सवा २ बजे ठोकिएका हुन्। टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस