जनकपुरधाम । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन् ।
यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको उनले बताए ।
डीएसपी भट्टका अनुसार आइतबार साँझ साढे ७ बजे तिरको समयमा बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिसामा गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई टिम्कीया भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता