गण्डकी । यो पटक सरकारले प्रस्तुत गरेको बजेटमा आंशिक प्रतिकृया भैरहेको छ । सरकारमै सहभागि गठबन्धनमा दलहरु बिचमै बजेटका बारेमा टिकाटिप्पणी भैरहेको बेला गण्डकी प्रदेसको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले भने आफ्नो कार्यक्रममा नयाँ बिषय सहित प्रस्तुत गर्नु भएको छ । आमागी आर्थिक बर्षमा गण्डकी प्रदेस भित्र सञ्चालन हुने गरी प्रदेश सरकार संग बा,आमा कार्यक्रम सुरु हुने भएको छ । यो कार्यक्रम मुख्य गरि दिर्घ रोगी बृद्धबृद्धा, एकल महिला तथा पुरुष, छोराछोरीको सहज पहुँच नभएर एक्लो पना महशुस गरेका जेष्ठ नागरीक संग स्वास्थ्य मन्त्रीको सामिप्यता बढाउने गरी सञ्चालन हुने तयारी भएको छ । मन्त्री अधिकारीले उक्त कार्यक्रम बाट जेष्ठ नागरीकमा देखिन थालेको नैरास्यता, एक्लोपन तथा मानसिक समस्यालाई मध्यनजर गरिने बताउनु भयो । मानिसलाई एक छाक खान पाउनु र एक सरो लगाउन पाउनु मात्र सबै चिज हो भन्ने धारणा हुनसक्छ , तर आजभाली गाऊ या शहरमा नयाँ खालका समस्या जेष्ठ नागरीकहरुमा दखा पर्न थालेको अनुभुतिका आधारमा यो कार्यक्रम तय गरेको मन्त्री अधिकारीले जानकारी दिनु भयो । बजेटमा समाबेश भएका कार्यक्रममा मुख्यमन्त्री नै असन्तुष्ट रहेको चर्चा चलेको बेला स्वास्थ्य मन्त्रालयले भने अन्य केही पपुलर कार्यक्रम समाबेश गरेको छ । कार्यसम्पादनमा पनि स्वास्थ्य मन्त्रालय अगाडी रहेको अबस्थामा आगामी आ.ब.मा पनि स्वास्थ्य क्षत्रमा परिबर्तनको महशुस हुने गरि काम गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय एक बिद्यालय एक नर्स, बिद्यालय शिक्षा कार्यक्रम, सामुदायिक बिद्यालयमा अध्ययन गर्ने किशोरीलाई निःशुल्क प्याड बितरण,५० बर्ष पुगेका नागरीकको प्रत्येक छ महिनामा निःशुल्क स्वास्थय जाँच,जेष्ठ नागरीकको अलगै उपचार वार्ड,सबै पालिकामा एम्वुलेन्स , द्धन्द पिडितका लागि निःशुल्क स्वास्थ्य बिमा , दिर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य बिमा लगायतका कार्यक्रम समाबेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह