रोल्पामा  एक  किशोरी  मृत फेला

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, ०७ : ४६
रोल्पामा  एक  किशोरी  मृत फेला

काठमाडौं । सरकारी  निकायले  आयोजना गरेको  ब्युटीपार्लर  तालिममा   सहभागी   रोल्पाकी  एक  किशोरी  होस्टलमा  मृत फेला  परेकी  छिन्  ।
जिल्लाको  रुन्टिगढी गाउँपालिका( ५  छिन्नेटाकी  १७ वर्षीय  कृष्णी  बिक  मृत  फेला  परेकी  हुन  ।

 सदरमुकाम लिवाङ्ग  स्थित   घरेलु  तथा  साना  उधोग  कार्यालयले  आयोजना  गरेको  ब्युटिपार्लर  तालिममा   गएकी  उनी  होस्टलमा  सुतेको  अवस्थामा मृत  फेला  परेको  प्रहरीले जनाएको  छ  ।  

रोल्पाका  प्रहरी  प्रमुख  डिएसपी बिनोद  घिमिरेका  अनुसार  होष्टलको  कोठामा  सर्प  फेला  परेको  र  औँलामा  सानो  घाउ  देखिएकोले  सर्पले  टोकेर  उनको  मृत्यु भएको  हो  कि  भन्ने आशंका  गरिएको  छ   ।

तर   मेडिकल रिपोर्ट  न  आए  सम्म  एकिन  भन्न  नसकिने  उनको  भनाइ  छ    ।  शव  पोष्टमार्टमका लागि  जिल्ला  अस्पतालमा राखिएको  छ  ।

प्रतिक्रिया दिनुहोस