काठमाडौं । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टलमा मृत फेला परेकी छिन् ।
जिल्लाको रुन्टिगढी गाउँपालिका( ५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन ।
सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उधोग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार होष्टलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टोकेर उनको मृत्यु भएको हो कि भन्ने आशंका गरिएको छ ।
तर मेडिकल रिपोर्ट न आए सम्म एकिन भन्न नसकिने उनको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला