काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन ।
सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टयाए ।
सांसद गुरुङले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने पनि बताए ।
अनिवार्य रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो ।सांसद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणा समेत राखे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौर हत्याकाण्डबारे माओवादी: ‘राजनीतिक प्रकृतिको घटना भन्दैमा घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न पाइँदैन’
विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ
ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध हुनसक्छ: देव गुरुङ
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
शिक्षकहरूको माग सम्बोधन नगरी संसद् बन्द गर्नु निरंकुशताको पराकाष्ठा : देव गुरुङ
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ