एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ ।
बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाका अनुसार सो प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक आतंककारी समूहले प्रहरी चौकी तथा सैनिक पोष्टमा हमला गर्ने गरेको थियो ।
सो समूहका आतंककारी खोज्ने क्रममा आइतबार ६ जना मारिएका पाकिस्तानी सेनाले जनाएको छ ।पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार उक्त आक्रमणमा परेर मारिएकामा यस्तै सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका आतङ्ककारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ असार २०७९, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी