पोखरेलको पुस्तकमाथि चर्चा

मंगलबार, १५ जेठ २०७५, २२ : ४३
पोखरेलको पुस्तकमाथि चर्चा

चितवन । गणतन्त्र दिवसको अवसरमा लेखक डीआर पोखरेलको अनुसन्धानमूलक पुस्तक नेपाली उपन्यासमा गणतान्त्रिक चेतमाथि मंगलबार नारायणगढमा चर्चा परिचर्चा गरिएको छ ।
लेखक पोखरेलले आयोजना गर्नु भएको कार्यक्रममा पुस्तकका सबल पक्ष र कमजोर पक्षमाथि चर्चा गरिएको हो । लेखक पोखरेलसँग अखिल नेपाल जनसाँस्कृतिक महासंघ चितवनका अध्यक्ष रामहरि श्रेष्ठ, पत्रकारद्वय सूर्यप्रकाश कँडेल र रमेशकुमार पौडेलले अन्तरसंवाद गरेका थिए ।
२०११ सालदेखि २०७२ सालसम्म प्रकाशित उपन्यासमध्ये गणतान्त्रिक चेत भएका एक सय २५ वटा उपन्यास संकलन गरी ६५ वटा उपन्यास छानेर अध्ययन गरेको पोखरेलले बताउनु भयो । ६५ वटा उपन्यास पाँच महिना दस दिन लगाएर पढेको तीमध्ये ३७ वटा छनौट गरी पुस्तकमा समीक्षा गरिएको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस